logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

अमेरिकी राष्ट्रपति ट्रम्प दुई दिने भारत भ्रमणमा, भारत प्रस्थान गर्नु अघि मोदीको प्रशंसा


अंकुरण खबर
2.418K
Shares

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प दुई दिने भ्रमणका जादैछन् । ट्रम्प पत्नी मेलिनियाका साथ आज बिहान ११ बजेर ४० मिनेटमा नयाँदिल्ली पुग्ने कार्यक्रम छ ।

कार्यतालिका अनुसार ट्रम्प र प्रधानमन्त्री नरेन्द्र मोदी आजै मोदीको गृहनगर गुजरातमा भेटघाट गर्नेछन् । ट्रम्पले अहमदावादको सबैभन्दा ठूलो क्रिकेट रङ्गशाला मोटेरा स्टेडियममा हुने नमस्ते ट्रम्प कार्यक्रममा सहभागी हुने कार्यक्रम रहेको छ । नमस्ते ट्रम्प कार्यक्रममा सहभागी हुनुअघि मोदीले ट्रम्पलाई सावरमती आश्रममा स्वागत गर्ने कार्यक्रम छ ।

भारत प्रस्थान गर्नुअघि राष्ट्रपति ट्रम्पले प्रधानमन्त्री नरेन्द्र मोदी आफ्नो असल मित्र भएको प्रतिक्रिया दिएका छन्। उनले भारत भ्रमण गर्न पाउँदा आफू अत्यन्तै खुसी र उत्साहित भएको बताए। भारतका लाखौं जनतालाई भेट्न आँतुर भएको पनि उनले बताए।

नमस्ते ट्रम्पको अवधारणा गएको वर्षको जुनमा मोदीले अमेरिका भ्रमण गर्दा टेक्सासमा आयोजना गरिएको हाउ दी मोदी कार्यक्रमको जस्तै रहेको भारतीय विदेश मन्त्रालयले उल्लेख गरेको छ । सन् १९४७ मा भारत स्वतन्त्र भएपछि भारत भ्रमणमा जान लाग्नुभएका ट्रम्प अमेरिकाका सातौं राष्ट्रपति हुन।

यसअघि पछिल्लो पटक तात्कालीन राष्ट्रपति बाराक ओबामाले २०१५ जनवरीमा तीन दिने भारत भ्रमण गरेका थिए ।