logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

आजको मौसम: बदली, मेघ गर्जन र चट्याङ्गसहित वर्षाको सम्भावना


अंकुरण खबर
780
Shares

काठमाडौं – पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण देशभरको मौसम प्रभावित भएको छ।

अहिले देशको पश्चिमी पहाडी भेगमा आंशिक बदली तथा पूर्वी भू-भागमा आंशिकदेखि सामान्य बदलीको अवस्था रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

सोमबार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली हुने मौसमविदले बताएका छन् । पहाडी भू-भागका केही स्थानहरुमा मेघ गर्जन र चट्याङ्गसहित वर्षाको सम्भावना रहेको छ।

देशको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको मौसमविदले उल्लेख गरेका छन् ।

राति देशको मध्य तथा पूर्वी भू-भागमा आंशिकदेखि सामान्य बदली रही पश्चिमी भूभागमा आंशिक बदली रहने जनाइएको छ ।

मध्य तथा पूर्वी भू-भागका थोरै स्थानहरुमा र पश्चिमका एक–दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् ।

देशको पश्चिमी उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको जनाइएको छ।