प्रधानमन्त्री केपी शर्मा ओलीले (आइतबार) हिजो आफ्नो ६९ औँ जन्मदिन मनाएका छन् । उनले आफ्नो जन्मथलो तेह्रथुमको आठराईमा पुगेर आफ्नो जन्मदिन मनाएका हुन्।
जन्मदिनमा प्रधानमन्त्री ओलीले १५ किलोको केक काटेका छन्। उक्त केकमा नेपालको नक्सा अंकित थियो। नेपालको नक्सा अंकित केक काटेपछि प्रधानमन्त्रीको व्यापक आलोचना भएको छ । धेरैले आफ्नो देश केक नभएको भन्दै आलोचना गरेका छन्।
प्रधानमन्त्रीले नेपालको नक्सा अंकित केक काटेपछि सामाजिक सञ्जालमा व्यापक आलोचना भएको छ । धेरै जनाले प्रधानमन्त्रीको आलोचना गर्दै सामाजिक सञ्जालमा ट्वीट गरेका छन् ।
हेर्नुहोस् कसले के भने;
https://twitter.com/lcyograj/status/1231651768754483202
हाम्रो प्रम निश्चय नै नवीन सोच सहितको अघ्घोरै राष्ट्रबादी हुनुहुन्छ।नेपालको नक्सा अङ्कित बर्थ डे केक काटेर जन्मदिन मनाउने नयाँ काइदाले यस्तै संकेत गर्छ।
थुप्रैले यस्तो आइडिया दिने को होला भनेर प्रश्न गरेको छन् तर म भन्छु यस्तो महान आइडिया उहाँ बाहेक अरुको हुनै सक्दैन। pic.twitter.com/tQIkk14Ihz— Min Bahing (@Minbahing) February 23, 2020
त्यही लेखेर वा त्यसैको फोटो अथवा सिन राखेर Door mat नि तयार गरिदिदो रैछ।आफुलाई मनपर्ने प्रिय चिज राख्ने भन्दैमा नेपालको नक्सा राखेर Door mat सजाउने??? मलाई देशका सम्माननिय पदमा हुनुभएका ब्यक्ति औधी मन पर्छ भन्दैमा उहाँहरुकै फोटो अङ्कित Door mat प्रीन्ट गरेर Door mat बिछ्याउने???
— रोमन SR.b (@SRlamixane) February 24, 2020
नेपाली जनता : सँघियता भनेको केहो ?
म: समृद्ध नेपाल खुशि नेपाली सँगै जन्म दिनमा नेपालको नक्सा अङ्कित केक हेलिकप्टर चार्टर गरेर काट्ने जिनिस हो सँघियता।
श्री पशुपति नाथ देशको रक्षा गर !!— Nikhil Giri (@GiriNiku) February 23, 2020