logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

सुनको भाउले फेरी नयाँ रेकर्ड तोड्यो, हेर्नुहोस् आज कतिमा हुदैछ कारोबार?


अंकुरण खबर
949
Shares

नेपाली बजारमा केही दिन देखी बढेको सुनको भाउले फेरि आज अर्को नयाँ रेकर्ड तोडेको छ ।

सोमबार छापावाल सुन तोलामा १५ सयले बढेर प्रतितोला ८० हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

आइतबार छापावाला सुन तोलाको ७८ हजार ८ सयमा कारोवार भएको थियो ।

आज तेजाबी सुन प्रतितोला ८० हजार रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, चाँदी आज प्रतितोला ९ सय २५ रुपैंयामा कारोबार भइरहेको छ ।