logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

शरीरमा बाँधेर ल्याइएको खैरो हेरोइनसहित एक युवती पक्राउ


अंकुरण खबर
728
Shares

प्रहरीले खैरो हिरोइनसहित एक युवतीलाई पक्राउ गरेको छ । झापा शिव सतासी नगरपालिका-११ की २३ वर्षीया वीना डाँगी पक्राउ परेकी हुन् ।

महानगरीय प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरी टोलीले काँकडभित्ताबाट काठमाडौं आउँदै गरेको ना७ख ५७०२ नम्बरको यात्रुबाहक बसबाट ४.२६ ग्राम खैरो हिरोइनसहित आइतबार साँझ डांगीलाई पक्राउ गरेको जनाएको छ ।

प्लाष्टिकको झोलामा पोका पारेर शरीरमा बाँधेर हिरोइन  ल्याएको अवस्थामा डाँगीलाई पक्राउ गरिएको महानगरीय प्रहरी वृत्त थानकोटका प्रमुख, प्रहरी नायब उपरीक्षक घनश्याम श्रेष्ठले बताएका छन् ।

डाँगीलाई लागुऔषध नियन्त्रण ऐन २०३३ अनुसार आवश्यक अनुसन्धान तथा कारवाही गरिने प्रहरीले जनाएको छ ।