प्रधानमन्त्री केपी शर्मा ओलीलाई कालो झण्डा देखाउन खोज्ने ४ जनालाई प्रहरीले पक्राउ परेको छ। पार्टीका अगुवा कार्यकर्तालाई प्रशिक्षणका लागि सोमबार पोखरा पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई समाजवादी पार्टीका नेता कार्यकर्ताले कालो झण्डा देखाउने तयारी गरेका थिए ।
पार्टीका अध्यक्ष समेत रहेका ओली सोमबार गण्डकी प्रदेशस्तरीय पार्टी प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्न पोखरा पुगेका हुन् ।
ओलीलाई कालो झण्डा देखाउ पोखरा सभागृह गेट अगाडि जम्मा भएर नाराबाजी गरिरहेका उनीहरुलाई पक्राउ गरिएको हो । सोमबार र मंगलबार गरी २ दिन चल्ने प्रशिक्षण कार्यक्रममा नेकपाका वरिष्ठ नेता झलनाथ खनाल, सचिवालय सदस्य एवम् प्रवक्ता नारायणकाजी श्रेष्ठ लगायत नेताहरुले सम्बोधन गर्ने छन् ।