नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सोमबार तीन अर्ब एकचालीस करोड माथी कारोबार भएर बन्द भएको छ ।
साताको दोस्रो दिन आज सोमबार नेप्से परिसूचक उतारचढाबका बिच अन्ततः १ दशमलव ९६ अंकले घटेर बन्द भएको हो । आज नेप्से परिसूचक १ दशमलव ९६ अंकले घट्दा १ हजार ५ सय २ दशमलव १८ विन्दुमा थामिएको छ भने कारोबार ३ अर्ब ४१ करोड ५ लाख १६ हजार २७८ बराबरको कारोवार भएको छ ।
जम्मा १७९ कम्पनीको ८३ लाख कित्ता शेयर ३१ हजार २९० पटक कारोबार भएको थियो । कारोबार भएका मध्ये बैंकिङ, उद्योग र अन्य उपसूचक बाहेक सबै उपसूचकहरुको कारोबारमा गिरावट आएको नेप्सेले जनाएको छ ।
शेयर बजारमा आज सबैभन्दा धेरै कारोबार एनएमबी बैंकको नै रहेको छ । उक्त बैंकको २० करोड ४३ लाख बढीको कारोबार भएको छ । दोस्रोमा शिभम् सिमेन्ट १२ करोड माथी कारोबार भएको छ । भने नाफा धेरै गर्नेमा कालिका माइक्रो क्रेडिट डेभलपमेन्ट बैंक, मञ्जुश्री फाइनान्स लिमिटेड र युनियन हाइड्रो पावर कम्पनीका शेयरधनीहरुले करिव १० प्रतिशतले नाफा कमाएका छन् ।
त्यस्तै, धेरै गुमाउनेमा गुह्येश्वरी मर्चेन्ट बैंकिङ फाइनान्स र प्रिमियर इन्श्योरेन्सका शेयरधनीहरुले करिव ७ प्रतिशतले गुमाएका छन् ।