बलात्कार अभियोगमा नेपाल प्रहरीका पूर्वसहायक निरीक्षक (असई) पक्राउ परेका छन् । असई राजेन्द्र राईलाई महानगरीय प्रहरी परिसर काठमाडौंले पक्राउ गरेको हो ।
उनीमाथि एक महिला हवल्दारले बलात्कार गरेको उजुरी दिएपछि पक्राउ परेर अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी नायव उपरीक्षक डीएसपी होवीन्द्र बोगटीले जानकारी दिए ।
प्रहरी प्रधान कार्यालयको सुरक्षा सेवा निर्देशनालयमा कार्यरत रहँदा राईले ती महिला हवल्दारलाई बलात्कार गरेको अभियोग छ ।
उनले गत मंसिर १ मा मात्र असईबाट राजीनामा दिएको प्रहरीले जनाएको छ । बलात्कारको अभियोगबाट बच्नकै लागि उनले राजीनामा दिएको जनाइएको छ ।