logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

पटक-पटक आफ्नै छोरी बलात्कार गर्ने बाबु जेलमा


अंकुरण खबर
715
Shares

डडेल्धुरा, आफ्नै छोरी बलात्कारको आरोपमा पक्राउ परेका एक बाबुलाई  कारागार चलान गरिएको छ।

माघ २० गते छोरी बलात्कारको आरोपमा पक्राउ परेका गन्यापधुराका एक जनालाई जिल्ला अदालत डडेल्धुराले पुर्पक्षका लागि कारागार चलान गरिएको हो। आफ्नै १६ वर्षीया छोरीलाई डरधम्की देखाइ पटक–पटक बलात्कार गरेको आरोपमा पक्राउ परेका ती बाबुलाई जिल्ला अदालत डडल्धुराले पुर्पक्षको लागि कारागार चलान जिल्ला प्रहरी कार्यालय डडल्धुराले जनाएको छ।

विगत ६ महिनादेखि बलात्कार गरेको भन्ने पीडितको जाहेरीको आधारमा गन्यापधुरा गाउँपालिकाका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको थियो।