प्रतिनिधिसभा बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजेका लागि डाकिएको हो ।
आजको बैठकमा विभिन्न विधेयक र प्रस्ताव पेश हुने कार्यसूची रहेको छ। बैठकमा अर्थमन्त्री युवराज खतिवडा, शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेल र कृषि सहकारी तथा पशुपन्छी विकास मन्त्री घनश्याम भुषालले विभिन्न विधेयक पारितसम्बन्धी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूचीमा उल्लेख छ।
यसअघिको प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद बैठक अवरुद्ध गर्दै आएको पनि मंगलबारको बैठक भने संचालन गर्न दिने भएको छ।
सोमबार नेपाली कांग्रेसको संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको कांग्रेस, समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी (राजपा) बैठकले प्रतिनिधिसभा बैठक अवरुद्ध नगर्ने निर्णय गरेको हो।
