कर्णाली करिडोरमा १ च ४१४१ नम्बरको जीप कर्णालीमा खस्दा चालक बेपत्ता भएका छन् ।
कालिकोटको नरहरीनाथ गाउँपालिका १ जिते बजारको पुल पारी कर्णाली करिडोरमा बिहान १० बजेतिर दुर्घटना भएको हो । बेपत्ता हुनेमा दैलेखको गुराश गाउँपालिका ४ का चक्रबहादुर खड्का रहेको प्रहरीले जनाएको छ । उनको तीब्र रुपमा खोजी भइरहेको छ ।
उक्त जीपका सबै यात्रुलाई झारेर मोड्ने क्रममा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ ।