पर्वतको कुश्मा नगरपालिका–६ शिवालय चोकबाट जुवातास खेलिरहेको अवस्थामा ६ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
नगद ७६ हजार ९ सय ६५ रुपैयाँ, तास र जुवा खेल्न प्रयोग भएको कम्बल सहित प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा कुश्मा नगरपालिका-४ बस्नेहरु २७ वर्षीय पवन गुरुङ, ४० वर्षीया सुन कुमारी गुरुङ, सोही नगरपालिका-९ बस्ने ५५ वर्षीय गोबिन्द अधिकारी, सोही नगरपालिका-५ बस्ने ४८ वर्षीया कुशा गुरुङ, सोही नगरपालिका-६ बस्नेहरु ५५ वर्षीय धर्मराज गुरुङ र ३७ वर्षीया शान्ति गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।
प्रहरीले यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।