logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नेपाली सेनाका मेजर जनरल हमाल राष्ट्रसंघको युनडफ फोर्स कमाण्डर नियुक्त


अंकुरण खबर
975
Shares

नेपाली सेनाका मेजर जनरल ईश्वर हमाललाई राष्ट्रसंघको डिसइन्गेजमेन्ट अवजर्भर फोर्स (युनडफ) को मिसन प्रमुख तथा फोर्स कमाण्डर नियुक्त भएका छन् ।

सोही मिसनको कार्यवाहक प्रमुख तथा फोर्स कमान्डका रुपमा अक्टुबर २०१९ देखि कार्यरत् नेपालकै अर्का मेजर जनरल शिवराम खरेलको ठाउँमा हमालले सो जिम्मेवारी सम्हाल्न लागेका हुन्।

अत्यन्त चुनौतिपूर्ण समयमा पनि दृढताका साथ जिम्मेवारी पुरा गरेकोमा जनरल खरेललाई राष्ट्रसंघीय महासचिव गुटेरेसले धन्यवाद व्यक्त गरेको राष्ट्रसंघद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

सन् १९८३ मा अफिसरको रुपमा नेपाली सेनामा प्रवेश गरेका हमालको सैनिक सेवाको लामो अनुभव छ।

नेपाली सेना मुख्यालयमा मिलिटरी अप्रेसनको डाइरेक्टर र नेपाली आर्मी कमाण्ड तथा स्टाफ कलेजको कमाण्डेन्टलगायत महत्वपूर्ण जिम्मेवारीमा रहिसकेका हमाललाई राष्ट्रसंघले सो भूमिकाका लागि चयन गरेको विज्ञप्तिमा उल्लेख छ।

राष्ट्रसंघको शान्ति मिशनमा पनि उनले सन् १९९० देखि ९१ सम्म, सन् १९९३–१९९४ सम्म, सन् २०००, र सन् २००६ देखि २००७ सम्म महत्वपूर्ण जिम्मेवारी पुरा गरेको राष्ट्रसंघले जनाएको छ।

त्रिभुवन विश्वविद्यालयबाट सार्वजनिक प्रशासनमा स्नातकोत्तर गरेका हमालले अमेरिकाको आर्मी वार कलेजबाट स्ट्राटेजिक स्टडिजमा स्नातकोत्तर पनि हासिल गरेका छन्।