logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कर्णाली नदीमा जीप खस्यो, चालकको मृत्यु (अपडेट)


अंकुरण खबर
3.289K
Shares

कर्णाली राजमार्गअन्तर्गत कालिकोटको नरहरिनाथ गाउँपालिकाका-१ को जिते बजारमा कर्णाली नदीमा आज बिहान जीप खसेको छ ।

रासकोटबाट जितेगडा यात्रु लिएर आएको लु१ज ४१४१ नंको जीप फर्किने क्रममा आज बिहान १० बजे कर्णाली नदीमा खसेको हो ।

जीपमा सवार यात्रु झारेर ब्याक गर्ने क्रममा दुर्घटना भएको जीपमा चालक मात्र रहेको प्रहरीले जनाएको छ । जीप नदीमा खस्दा चालक दैलेख गुराँसे गाउँपालिका-४ का १९ वर्षीय चक्रबहादुर खड्काको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ ।

अहिले नदीमा खसेको जीप निकाल्ने प्रयास भइरहेको छ ।