logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

जागिरको प्रलोभन देखाई युवतीको सामुहिक बलात्कार, दाजुभाई पक्राउ


अंकुरण खबर
663
Shares

जागिरको प्रलोभन देखाएर साममूहिक बलात्कार गरेको आरोपमा दाजुभाई पक्राउ परेका छन् ।

सुनसरी इटहरीकी ३४ वर्षीया महिलालाई काठमाडौं बोलाएर बलात्कार गर्ने दुई दाजुभाईलाई महानगरीय प्रहरी वृत महारजगन्जको टोलीले पक्राउ गरेको हो । पीडित महिलाले दिएको उजुरीका आधारमा झापाको गौरीगन्ज गाउँपालिका वडा नम्बर १ स्थायी ठेगाना भई काठमाडौंको बूढानीलकण्ठ नगरपालिका वडा नम्बर ६ बस्ने ३४ वर्षका विशाल संग्रौला र सोही ठाउँ बस्ने वर्ष ३५ का सुवास संग्रौलालाई पक्राउ गरिएको हो ।

पीडित महिलाले महाराजगन्जस्थित महानगरीय प्रहरी वृत्तमा उजुरी गरेपछि आरोपित दुई जनालाई प्रहरीले पक्राउ गरेको वृतका प्रमुख प्रहरी नायब उपरीक्षक उमेश लम्सालले जानकरी दिए ।

ती महिलालाई उनीहरुले जागिर मिलाइ दिने प्रलोभन देखाइ काठमाडौं बोलाएर सामूहिक बलात्कार गरेका थिए ।