नेपाल स्टक एक्चेञ्ज (नेप्से) परिसूचक साताको तेश्रो दिन मंगलवार पनि उछाल आएको छ । आज नेप्से कारोवारसंगै परिसूचकमा पनि उत्साहजनक वृद्धि भएको छ ।
आज नेप्से पसिूचक र कारोबार रकममा उछाल आएपछि ४३ दशमलव ०२ अंकले बढेर १ हजार ५ सय ४५ दशमलव १९ विन्दुमा पुगेको छ । कारोबार रकम भने २ अर्ब ९९ करोड २१ लाख ६० हजार ५२४ रुपियाँको भएको छ ।
जीवन बीमा सूचक सर्वाधिक ६७३ अंकले बढेको छ। निर्जीबन बीमा कम्पनी पनि ३०७ अंकले बढेको छ। बीमा कम्पनीले बजारलाई उकासिरहेका बेला उत्पादनमूलक समूह ११८, लघुवित्त ८३ र बाणिज्य बैंक करिव १३ अंकले बढेका छन्। बाँकी सूचक पनि बढेका छन्।
२ अर्ब ९९ करोडको किनबेच हुँदा तीन कम्पनीको मात्र १० करोडमाथिको कारोबार छ। हिमालयन डिस्टिलरीको १६ करोड ३३ लाख, नेपाल लाइफको १४ करोड ३६ लाख र शिखर इन्स्योरेन्सको १० करोड ६५ लाख रुपैयाँको सेयर किनबेच भएको छ।
बजारले फराकिलो छलाङ मार्दा पनि ९ कम्पनीको मूल्य घटेको छ। १६१ कम्पनीको सेयर मूल्य भने बढेको छ। गुँरास लाइफ, हिमालयन डिस्टिलरी र स्वदेशी लघुवीत्तको सेयर मूल्य १० प्रतिशतले बढेको छ। १० वटा कम्पनीको शेयर मूल्य ९ प्रतिशतभन्दा बढिले उक्लिएको छ।
आज दिब्यश्वरी हाइड्रो, प्रोग्रेसिभ फाइनान्स, रिलायन्स लाइफ, एभरेष्ट बैंक कन्भर्टिवल, एनआइबीएल प्रगति फण्ड, पाँचथर पावर, सोल्टी होटल, प्राइम कमर्सियल र कालिका माइक्रोक्रेडिटको मूल्य घटेको हो।