logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

भारतमा भएको हिंसामा मृत्यु हुनेको संख्या १३ पुग्यो, मृतकको संख्या अझै बढ्न सक्ने


अंकुरण खबर
1.456K
Shares

नागरिकता विधेयकलाई लिएर भारतमा भएको हिंसामा मृत्यु हुनेको संख्या १३ पुगेको छ ।

उत्तर–पूर्वी दिल्लीमा आइतबारदेखि फैलिएको हिंसामा परी मंगलबारसम्ममा १३ जनाको मृत्यु भएको हो । अस्पतालमा उपचाररत केहीको अवस्था गम्भीर रहेकाले मृतकको संख्या थप बढ्ने अनुमान गरिएको छ ।

त्यहाँको स्वास्थ्यमन्त्रालयले जनाए अनुसार सोमबार ८१ र मंगलबार ६९ जना प्रदर्शनकारी घाइते भएका छन् । अस्पताल लगिएका यीमध्ये केहीको अवस्था गम्भीर छ । ४० जना भने उपचारपछि घर फर्किएको बीबीसी हिन्दीले जनाएको छ ।

भारत सरकारले ल्याएको नागरिकतासंशोधन कानुनपछि उत्तर–पूर्वी दिल्लीका बासिन्दा विभाजित भएका छन् । उनीहरू त्यसका सवल र दुर्वल पाटोको वकालत गर्दै सडकमा निस्किएका छन् । दुई समूह पक्ष र विपक्षमा उभिएपछि यसले हिंसात्मक स्वरूप ग्रहण गरेको हो । समाचार अनुसार, हिन्दू र मस्मिल समूदायबीच झडपका घटना भइरहेका छन् ।

भारत सरकारको नागरिकतासम्बन्धी संशोधित कानुन विभेदकारी भएको भन्दै मुस्लिम बहुल देशहरुले संयुक्त राष्ट्रसंघको ध्यानाकर्षणसमेत गराएका छन् ।