logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नेकपा सचिवालय बैठक बस्दै


अंकुरण खबर
1.625K
Shares

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज बस्दैछ।

विहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा अमेरिकी सहयोग मिलिनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) सम्झौता र पूर्वमन्त्री गोकुल बाँस्कोटाको ‘कमिसन बार्गेनिङ’ प्रकरणमा छलफल हुने बताइएको छ ।

यस्तै बामदेव गौतमको इच्छाबमोजिम राष्ट्रिय सभा सदस्य पनि प्रधानमन्त्री बन्न पाउने गरी संविधान संसोधन गर्न कार्यदल घोषणापछि भएको नेकपाको चर्को आलोचनाका बिषयमा पनि बैठकमा छलफल एवं समिक्षा हुनेछ ।

बैठकमा नेकपा अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले पार्टीको कार्यदलले दिएको एमसीसीको पूर्ण अध्ययन गरिसकेकाले त्यसबारे आफ्नो धारणा राख्नेछन् ।