logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

आज पनि मुलकभरको मौसममा बदली कायमै, बर्षा र हिमपातको सम्भावना


अंकुरण खबर
1.222K
Shares

काठमाडौं – पश्चिमी न्युन चापीय प्रणालीको प्रभाव कायमै रहेकाले आज पनि मुलकभरको मौसम बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार अहिले पनि मध्य तथा पूर्वका थोरै स्थानहरुमा हल्का वर्षा भइरहेको छ । यो क्रम आज दिनभर नै रहनेछ ।

महाशाखाका अनुसार आज देशको पूर्वी भू-भागका केही स्थानहरूमा र मध्य र पश्चिमी भू-भागका पहाडी भेगका थोरै स्थानहरुमा मेघ गर्जन् र चट्याङ सहित वर्षाको सम्भावना रहेको छ।

भोली बिहीबारदेखि भने मौसम क्रमिक रुपमा खुल्ने महाशाखाले जनाएको छ।