काठमाडौं – आज पनि सुनचाँदीको मूल्य घटेको छ ।
बुधबार छापावाला सुन तोलामा ५ सयले घटेर ७९ हजार ५ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
मंगलबार छापावाला सुन तोलामा ८० हजारमा कारोबार भएको भएको थियो ।
त्यस्तै, आज तेजावी सुन प्रतितोला ७९ हजार २ सयमा कारोबार भइरहेको छ । चाँदी पनि आज २० रुपैयाँले घटेर प्रतितोला ९ सय ५ रुपैयाँमा कारोबार भइरहेको छ ।
केही दिनदेखि उच्च रुपमा बढेको सुनको मूल्य हिजोबाट घट्न थालेको हो ।