logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

मोटरसाइकल पल्टिँदा चालकको घटनास्थलमै मृत्यु


अंकुरण खबर
1.365K
Shares

सिद्धकुमार गाउँपालिका–१ चतारे स्थित पतारे खोलामा आज बिहान मोटरसाइकल पल्टिँदा चालकको घटनास्थलमै मृत्यु भएको छ ।

मृत्यु हुनेमा सिद्धकुमार गाउँपालिका–१ कै धानेटाकुराका २९ वर्षीय रमेश बुढाथोकी रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

मोखलाबाट चतारेतर्फ जाँदै गरेको रा ३ प ८८८८ नम्बरको मोटरसाइकल नियन्त्रण गुमाएर दुर्घटना हुँदा बुढाथोकीको घटनास्थल मै मृत्यु भएको हो ।

मोटरसाइकल सडकबाट करिब १५ मीटर तल खोलामा खसेको थियो ।