नयाँ दिल्ली, भारतको राजस्थान स्थित बुन्डी जिल्लामा एउटा बस नदिमा खस्दा कम्तिमा ३० जनाको मृत्यु भएको छ।
जन्ती बोकेर बारातकोटा बाट सवाईमाधोपुर जान लागेको बस बुधबार बिहान दुर्घटनामा परेको हो। बसमा ३५ भन्दा बढि यात्रु सवार थिए।
प्रत्यक्षदर्शीका अनुसार तिव्र गतिमा रहेको बसले पुलमा नियन्त्रण गुमाएपछि नदिमा खसेको हो । घाइतेहरूको उद्धार भइरहेको छ। मृतकमा आधिकांश पुरुष रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
घटनाबारे विस्तृत विवरण आउँन बाँकी छ।
Rajasthan: Several feared dead after a bus falls into a river near a village on Kota Lalsot Mega Highway in Bundi. More details awaited. pic.twitter.com/FlLtjes9H7
— ANI (@ANI) February 26, 2020