बुधबारबाट कोटेश्वर सूर्यविनायक सडक खण्डमा चल्ने सवरीसाधनको लेन परिवर्तन भएको छ ।
उपत्यकाको सवारी आवागमनलाई सहजता ल्याउन तथा सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले कोटेश्वर–सूर्यविनायकको लेन परिवर्तन गरिएको महामनगरीय ट्राफिक महाशाले जनाएको छ ।
अबदेखि यात्रुवाहक तथा मालवाहक सवारीसाधन र कम गतिमा गुड्ने सवारीसाधनहरू एकतर्फी बायाँ लेनबाट र निजी तथा साना सवारीसाधनहरू सधैँ दाहिने लेनबाट मात्र चलाउन मिल्ने गरी लेन परिवर्तन भएको हो।
मालवाहक र विस्तारै गुड्ने गाडीहरू बायाँ लेनबाट र साना हलुका र द्रुत गतिमा गुड्ने सवारीसाधन दाहिने लेनबाट चल्ने अन्तर्राष्ट्रिय ट्राफिक नियम छ ।