logo
  • शुक्रबार, कार्तिक २१, २०८३ / Friday, Nov, 06 ,2026

बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना  पक्राउ


अंकुरण खबर
1.313K
Shares

१३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेको छन् ।

बाग्लुङ निसिखोला गाउँपालिका–३ घर भई गुल्मी रुरु गाउँपालिका–४ चौतारामा बस्ने २३ वर्षीय तिल बहादुर बुढालाई  प्रहरीले पक्राउ गरेको हो ।

ईलाका प्रहरी कार्यालय रिडीबाट खटिएको प्रहरीले बुढाले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ उनलाई पक्राउ गरेको जनाएको छ ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।