logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नेकपाले गठन गरेको संविधान संसोधन कार्यदल खारेज


अंकुरण खबर
2.353K
Shares

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले गठन गरेको संविधान संशोधनको कार्यदललाई अगाडि नबढाउने निर्णय गरेको छ ।

बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा सचिवालयको बैठकले राष्ट्रियसभा सदस्य पनि प्रधानमन्त्री हुन पाउने गरी संविधान संशोधन गर्न बनेको नेकपाको कार्यदललाई अगाडि नबढाउने निर्णय गरिएको हो ।

नेकपाको उक्त निर्णयको पार्टीभित्र र बाहिर चर्को आलोचना भएपछि बुधबार बसेको नेकपा सचिवालय बैठकले कार्यदललाई अगाडि नबढाउने निर्णय गरेको जनाईएको छ ।