नेपाल स्टक एक्चेञ्ज (नेप्से) परिसूचक साताको चौथो दिन बुधबार सेयर बजारमा हरियाली छाएको छ । लगानीकर्ताहरु आइतबार जस्तै बुधबार बैंकिङ तथा बीमा समूहमा झुम्मिएका छन् ।
नेप्से परिसूचक करिब ५१ अंकले बढेको छ भने सेयर कारोबार रकम ४ अर्ब भन्दा माथि पुगेको छ ।
सोमबार २ अंकले करेक्शन भएको सेयर बजार मंगलबार पुनः उकालो लागेको थियो । मंगलबार ४३ अंकले बढेको बजार बुधबार करिब ५१ अंकले बढेको छ ।
