logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

मन्त्रीको सल्लाहकार दाबी गर्ने घले बलात्कार आरोपमा पक्राउ


अंकुरण खबर
780
Shares

युवती बलात्कारको अभियोगमा आफूलाई शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरका सल्लाहकार बताउने अमृतकुमार घले पक्राउ परेका छन् ।

एक युवतीलाई आफ्नै कोठामा राखेर बलात्कार गरेको अभियोगमा घले पक्राउ परेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी नायव उपरीक्षक डीएसपी होवीन्द्र बोगटीले जानकारी दिए ।

‘घलेले आफू शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरको सल्लाहकार भएको भन्दै युवतीलाई अमेरिका पठाइदिने आश्वासन दिएर बलात्कार गरेको देखिन्छ, हामी थप अनुसन्धान गर्दै छौँ,’ बोगटीले भने ।

मन्त्री रामवीर मानन्धरले भने घले आफ्नो सल्लाहकार नभएको बताएका छन् । ‘उनी म र म रहेको मन्त्रालयसँग सम्बन्धित छैनन्’, मन्त्री मानन्धरले भने ।

घलेले सिन्धुली घर भएकी किशोरीलाई गत माघमा ३ दिन कोठामा राखेर बलात्कार गरेका थिए । उनलाई युवतीको उजुरीपछि टोखाबाट काठमाडौं प्रहरीले पक्राउ गरेको हो ।

घलेविरुद्ध अपहरण तथा शरीर बन्धक र जबर्जस्ती करणी उद्योगमा मुद्दा चलाइने छ ।