काठमाडौंको कलंकी स्थित नेपाल नेशनल हस्पिटलले नेपाल नेशनल फर्टिलिटी सेन्टरको स्थापना गरिएको छ । बुधबार अस्पतालमा राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सनाले सेन्टरको उद्घाटन गरे ।

अध्यक्ष तिमिल्सनाले पुरुष या महिलामा हुने बाँझोपनको समस्याले धेरैलाई तनाव दिएको र यो फर्टिलिटी सेन्टरले यस्ता समस्या समधान गर्न सहयोग पुग्ने अपेक्षा गरेका छन् । स्वास्थ्य नैसर्गिक अधिकार भए पनि यो क्षेत्रकामा धेरै संकट भएको र यस्ता संकटलाई समधान गर्दै गुणस्तरीय र न्यून शुल्कमा सेवा दिन आग्रह समेत गरेका छन् । उनले भने स्वदेशीलाई मात्र होइन विदेशी नागरिकलाई पनि नेपालका स्वास्थ्य क्षेत्रप्रति विश्वास दिलाउने दिशातर्फ नेपालका स्वास्थ्य संस्था र चिकित्सकहरु अग्रसर हुनुपर्छ ।
कार्यक्रममा हस्पिटलका सञ्चालक तथा मेडिकल डाइरेक्टर डा. प्रकाश पौड्यालले अस्पतालले सुरुदेखि नै विभिन्न सेवाको बिस्तार गर्दे आएकाले छोटो समयमै गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह गरेको बताए । यसैको निरन्तरा स्वरुप फर्टिलिटी सेन्टरको स्थापना गरेको बताए ।
कार्यक्रममा अस्पतालकी फर्टिलिटी सेन्टर प्रमुख डा निकिता ढकालले नेपालमा रहेका निसन्तानको समस्याबाट प्रभावित लाई प्रभावकारी र सर्वशुलभ ढंगले सेवा दिने बताइन् । साथै यो सेवा दुर्गम ठाउँमा विस्तार गर्ने र निशुल्क स्वास्थ्य शिबिर सञ्चालन गर्ने स्थापित हुने धेय रहेको बताइन् ।
त्यस्तै कार्यक्रममा वरिष्ठ स्त्री तथा प्रसुति रोग र बाँझोपन विशेषज्ञ डा.भोला रिजालले निसन्तानको उपचारमा विदेशमा धेरै पैसा गएको र यस्तो सेवा प्रभावकारी रुपमा नेपालमै सञ्चालन गरे यस्तो पैसा स्वदेशमै रहने बताए । त्यस्तै राष्ट्रिय सभा सदस्य गंगा बेल्बासे, प्रदेश सांसद केशब पोखरेल, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा.राजेन्द्रराज वाग्ले तथा अस्पताल संचालक समितिका अध्यक्ष रामचन्द्र शर्माले लगायतले नेपालमा निसन्तानको समस्या समधान गर्न यो सेन्टरले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने बताए ।