logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

फेरी उकालो लाग्यो सुनको मूल्य


अंकुरण खबर
780
Shares

काठमाडौं – आज सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ ।

बिहीबार छापावाला सुन तोलामा २ सयले बढेर ७९ हजार ७ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बुधबार छापावाला सुन तोलामा ७९ हजार ५ सयमा कारोबार भएको थियो ।

त्यस्तै, तेजावी सुन प्रतितोला ७९ हजार ४ सयमा कारोबार भइरहेको छ । चाँदी भने आज ५ रुपैयाँले घटेर प्रतितोला ९ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।