logo
  • शुक्रबार, कार्तिक २१, २०८३ / Friday, Nov, 06 ,2026

११ वर्षीया बालिकालाई सामुहिक बलात्कार गर्दै बनाइयो फोटो र भिडियो


अंकुरण खबर
1.274K
Shares

जनकपुरको धनुषामा एक ११ वर्षीया बालिका सामुहिक बलात्कार गर्दै भिडियो समेत बनाइएको छ ।

जिल्लाको लक्ष्मीनियाँ गाउँपालिका–५ गजरियाकी ११ वर्षीया बालिकालाई दुई युवकले बलात्कार गर्दै फोटो र भिडियो खिचेको घटना सार्वजनिक भएको हो । पीडित परिवारले प्रहरीमा उजुरी दिएपछि घटना बाहिर आएको प्रहरीले जानकारी दिएको छ ।

फागुन १० गते घरछेउको खेतमा घाँस काटिरहेकी बालिकालाई स्थानीय ३२ वर्षीय श्रीकिसुन र २२ वर्षीय अनिल ठाकुरले बलात्कार गरी फोटो र भिडियो समेत खिचेको पीडित परिवारले बताएका छन ।

घटनाबारे कसैलाई भने सामाजिक सञ्जालमा भिडियो र फोटो भाइरल बनाई दिने ती युवकले चेतावनी दिएको पीडित परिवारको भनाई छ ।

उजुरीपछि प्रहरीले बलात्कारमा संलग्न ३२ वर्षका श्रीकिसुन दासलाई पक्राउ समेत गरेको छ । अर्का आरोपित २२ वर्षीय अनिल ठाकुर फरार रहेको बताएको छ । उनको खोजी र घटनाको थप अनुसन्धान अगाडि बढाइसकेको प्रहरीले जानकारी दिएको छ ।