logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

एभरेस्ट प्रिमियर लिगको खेल तालिका सार्वजनिक (खेल तालिका सहित)


अंकुरण खबर
1.56K
Shares

काठमाडौं – चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) को खेल तालिका सार्वजनिक भएको छ ।

चैत्र १ देखी १५ गतेसम्म त्रिवि क्रिकेट मैदानमा हुन लागेको इपीएलको तालिका आज सार्वजनिक भएको हो । उद्घाटन खेलमा साविक विजेता ललितपुर पेट्रियट्स र पोखरा राइनोजबीच प्रतिस्पर्धा हुने भएको छ ।

पहिलो दिन एक खेल हुनेछ । दोस्रो दिनबाट हरेक दिन दुई खेल हुनेछ । खेल बिहान १० र दिउँसो २ बजेपछि सुरु हुने छ ।

लिग चरणपछि शीर्ष दुई टोलीबीच क्वालिफयार हुने छ । विजेता टोली स्वतः फाइनलमा स्थान बनाउँदा पराजित हुने टोलीले एलिमिनेटर खेलको विजेतासँग फाइनल प्रवेशको लागि प्रतिस्पर्धा गर्ने मौका पाउने छ ।

पहिलो क्वालिफायर चैत्र ११ मा हुने छ । चैत्र १२ मा एलिमिनेटर र चैत्र १३ मा दोस्रो क्वालिफायर हुने छ । फाइनल चैत्र १५ मा हुने छ ।

प्रतियोगितामा ६ शहरका फ्रेन्चाइज टिमले सहभागिता जनाउने छन् । साविक विजेता ललितपुरसँगै काठमाडौं किङ्स इलाभेन, पोखरा राइनोज, चितवन टाइगर्स, भैरहवा ग्ल्याडियटर्स र विराटनगर वारिवर्स रहेका छन् ।

हेर्नुहोस् खेल तालिका: