कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वडा नम्बर ११ कलुवापुरमा एक दम्पति घरभित्रै मृत भेटिएका छन्।
५२ वर्षीय जयलला भण्डारी र उनकी श्रीमती २२ वर्षीया धनादेवी भण्डारी घर भित्रै अलग अलग कोठामा मृत भेटिएका हुन्।
बुधबारदेखि नै बन्द रहेको घर बिहीबार दिउँसो दूध पुर्याउने मान्छे आएपछि घटनाबारे थाहा भएको थियो। दूध लिएर आएकाले घरभित्र शव देखेपछि प्रहरीलाई खबर गरेका थिए।
दुवैजनाको शव घरको अलग अलग कोठामा भेटिएको छ। श्रीमतीको घाँटीबाट रगत आएको देखिएकाले हत्या भएको हुनसक्ने आशंकामा प्रहरीले अनुसन्धान अघि बढाएको छ।
इलाका प्रहरी कार्यालय झलारी र जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको टोली अहिले घटनास्थलमा छ । कुकुरसहितको प्रहरी टोली पनि धनगढीबाट मगाइएको प्रहरीले जनाएको छ।