logo
  • शुक्रबार, कार्तिक २१, २०८३ / Friday, Nov, 06 ,2026

फ्रान्स पठाइदिने भन्दै ३८ लाख ठगेर फरार महिला पक्राउ


अंकुरण खबर
676
Shares

प्रहरीले ३८ लाख रुपैंयाँ ठगी गरेको आरोपमा एक महिलालाई पक्राउ गरेको छ ।

वैदेशिक रोजगारीका लागि फ्रान्स पठाई दिने प्रलोभनमा तीन जना व्यक्तिबाट ३८ लाख उठाएर ठगी गरेको भन्दै प्रहरीले रुपन्देहीको साविक दूधराक्ष गाविस–५ घर भई हाल काठमाडौंको तारकेश्वर नगरपालिका-१९ बासुकिनाग मार्ग मनमैजु बस्ने ४३ वर्षीया पूर्णिमा श्रीषलाई पक्राउ गरेको हो ।

उनले वैदेशिक रोजगारको सिलसिलामा फ्रान्समा (प्याकिङ फुड) कामको लागि आकर्षक तलव हुन्छ भनि प्रलोभनमा पारेर तीन जनाबाट सो रकम लिई सम्पर्कबिहीन भएको प्रहरीले जनाएको छ ।

पीडित शिरबहादुर थापालगायतले दिएको निवेदनका आधारमा प्रहरीले उनलाई बुधबार तारकेश्वर नगरपालिकाबाट पक्राउ गरी थप कारबाहीका लागि आज महानगरीय प्रहरी परिसर, काठमाडौंमा पठाएको जनाएको छ ।