logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

पार्टी विघटन हुन दिन्नौं : अध्यक्ष प्रचण्ड


अंकुरण खबर
715
Shares

काठमाडौं – नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टीलाई कुनै पनि हालतमा विघटन हुन नदिने बताएका छन्।

काठमाडौंमा आयोजित नेकपाको बाग्मती प्रदेश स्तरीय भेलामा दाहालले सबै समस्या समाधन गरेर अघि बढ्ने प्रतिबद्वता जनाए । दाहालले सञ्चारमाध्यममा आउने कुराहरूका पछाडि नलाग्न र त्यसमा विश्वास नगर्न पनि कार्यकर्तासँग आग्रह गरे।

‘पार्टीमा विवाद, बहस हुन्छ। आजभोलि के भइरहेको हो यो भन्ने तपाईहरूलाई लाग्छ होला’, दाहालले भने, ‘मिडियामा आएको विषयमा तपाईं पछाडि नलाग्नुहोला। जे जस्ता समस्या छन् ती सबै हामी समाधान गरेर अघि बढ्छौं। एकता प्रक्रियालाई सुदृढिकरण गर्नेतर्फ अघि बढेका छौं।’