logo
  • सोमवार, कार्तिक १७, २०८३ / Monday, Nov, 02 ,2026

प्रधानमन्त्रीको प्रश्न-अडियो बाँस्कोटाकै हो भन्ने के प्रमाण छ ?


अंकुरण खबर
702
Shares

प्रधानमन्त्री केपी शर्मा ओलीले कमिशन माग्दै गरेको अडियो बाहिरिएपछि राजीनामा दिएका सञ्चारमन्त्री गोकुल बाँस्कोटाबारे मुख खोलेका छन् ।

उक्त प्रकरणमा मौन बसेका प्रधानमन्त्री ओलीले बिहीबार काठमाडौंमा भएको एक कार्यक्रममा बाँस्कोटाको खुलेरै बचाउ गरे। प्रधानमन्त्री ओलीले उक्त टेप बाँस्कोटाको भएको प्रमाणित नभएको समेत बताए। उनले भने अहिलेसम्म टेप प्रकरण प्रमाणित छैन, उहाँ (बाँस्कोटा)ले होइन भनिरहनु भएको छ।

स्वीस राजदूतावासले फ्रड हो भन्यो। आफ्नो नाममा बात लागेकाले राजीनामा दिनुभो, भ्रष्टाचार प्रमाणित भए जसरी प्रचार गर्नु आवश्यक छैन,’ प्रधानमन्त्री ओलीले अख्तियारमा परेको उजुरीलाई पत्रु उजुरीको संज्ञा दिए ।

‘आरोप पुष्टि छैन। काम नलाग्ने पत्रु उजुरिको के काम। त्यो भ्रष्ट उजुरी हो उनले भने,’ नेताहरु विरुद्ध षडयन्त्र भइरहेका प्रधानमन्त्रीको आरोप छ । हाम्रा नेताको नाम जोडेर २० करोड माग्यो भनियो। सत्य हो भने कारबाही हुन्छ झुठ भए प्रतिवाद हुन्छ।’

उनले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद गर्न जर्मन र फ्रान्स सरकारसँग सिधा कुरा भइरहेकाले कसरी स्विस एजेन्टको कुरा आयो भन्ने प्रश्न गरे । ‘मैले कसैको डिफेन्ड गर्न खोज्या होइन। गोकुल बाँस्कोटा दोषी भए कारबाही हुन्छ होइन भने झुठो बोल्नेलाई कारबाही हुन्छ ।’