काठमाडौं – आज देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी क्षेत्रको मौसम सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार पश्चिमी न्युन चापीय प्रणालीका कारण आज दिउँसो देशका पश्चिमी क्षेत्रको एक दुई स्थानमा हल्का वर्षा हुनेछ ।
आज दिउँसो देशभर मौसम सामान्यतया सफा रहनेछ । अपरान्ह पश्चात देशको पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।
राति भने देशको पश्चिमी भू–भाग लगायत मध्य तथा पूर्वी पहाडी भू–भागमा आंशिक बदली रहनेछ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।