logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सिरियाको हवाई हमलामा २९ टर्किस सैनिक मारिए


अंकुरण खबर
988
Shares

सिरियाले इड्लिबमा गरेको हवाई हमलामा कम्तीमा २९ टर्किस सेनाको मृत्यु भएको छ ।

सिरियाको उत्तर–पश्चिम क्षेत्र इड्लिबमा सिरियाले बिहीबार साँझ गरेको हवाई आक्रमणमा टर्किस सैनिक मारिएका हुन् । टर्कीका प्रान्तीय गभर्नर रहमी डुगनका अनुसार इड्लिबमा भएको हमलामा त्यो भन्दा बढी संख्यामा सैन्य अधिकारीहरु घाइते भएका छन् ।

टर्कीका अधिकारीले कम्तिमा २९ जनाको मृत्यु भएको बताए पनि हवाई आक्रमणमा ज्यान गुमाउनेको संख्या अधिक रहेको अरु खबरमा उल्लेख छ । घटनापछि टर्कीका राष्ट्रपति रेजेप तय्यीप एर्दोआनले सुरक्षा संयन्त्रको उच्चस्तरीय बैठक बोलाएका छन् ।

रुसको समर्थनमा सिरियाली सैन्य बलले विद्रोहीहरुको कब्जामा रहेको इड्लिब प्रान्त आफ्नो कब्जामा फिर्ता लिन चाहेका छन् । ती विद्रोहीहरुलाई टर्कीले समर्थन गरेको छ ।

टर्कीका राष्ट्रपतिले आफूहरुले स्थापना गरेको सैन्य पोस्टबाट सिरियाली फौजलाई फिर्ता पठाउन चाहेका छन् ।

त्यस तर्फअघि बढ्ने क्रम नरोकिए सिरियामा आक्रमण गर्ने टर्कीले चेतावनी दिएको छ । तर सिरिया सरकार र रुसले त्यस्तो मागलाई अस्वीकार गरिदिएका छन् । एजेन्सी