दुर्घटनामा घाइते भएका नेकपा मालेका महासचिव सिपी मैनालीको स्वास्थ्य अवस्था सुधार हुँदै गएको अस्पतालले जनाएको छ ।
दुर्घटनामा परेका मैनालीको ढाडको हड्डि भाँच्चिएको छ भने टाउकोमा चोट लागेको छ । उनको काठमाडौंको ग्राण्डी अस्पतालमा उपचार भइरहेको छ । मैनालीलाई कम्तीमा पनि एक हप्ता अस्पतालमा राख्नुपर्ने जनाइएको छ ।
दुर्घटनामा मैनालीकी बुहारीको दुई वटै खुट्टा भाँचिएको छ। दुवै जनाको राति नै शल्यक्रिया गरिएको र अवस्था सामान्य रहेको अस्पतालका निर्देशक डाक्टर चक्रराज पाण्डेले बताए ।
बिहीबार दिउँसो झापाबाट काठमाडौं आउने क्रममा उनी चढेको बा ४ च २१२० नम्बरको कार अर्को दिशाबाट आएको ना ४ ख ७६६८ पिकअप भ्यानसँग ठोक्किएको थियो ।