काठमाडौं – आज सुनचाँदीको मूल्य घटेको छ । केही दिन यता सुनचाँदीको मूल्य बढ्ने र घट्ने क्रम चलिरहेको छ ।
शुक्रबार छापावाला सुन तोलामा ५ सयले घटेर ७९ हजार २ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बिहीबार छापावाला सुन तोलामा ७९ हजार ७ सयमा कारोबार भएको थियो ।
त्यस्तै, तेजावी सुन प्रतितोला ७८ हजार ९ सयमा कारोबार भइरहेको छ । चाँदी पनि आज २० रुपैयाँले घटेर प्रतितोला ८ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ ।