प्रहरीले लागू औषधसहित श्रीमान् र श्रीमती मोरङबाट पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा पिचरा घर भएका २६ वर्षीय दिपेश श्रेष्ठ र उनकी श्रीमती २१ वर्षीय तृष्णा श्रेष्ठ रहेका छन् ।
बिहीबार राति करिब साढे १२ बजे विराटनगर महानगरपालिका–११ स्थित बसपार्कबाट जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको मोबाइल टोलीले चेकजाँच गर्ने क्रममा उनीहरुको साथबाट लुपिजेसिक, एभिल, डाईजोल्याप नामक २ सय ६० पिस लागू औषध र सिरिन्ज थान फेला परेको हो ।
उनीहरुलाई नियन्त्रणमा लिई जिप्रका मोरङमा थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।