logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

परराष्ट्रमन्त्री ज्ञवाली फर्किए स्वदेश


अंकुरण खबर
767
Shares

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली स्वीटजरल्याण्डको औपचारिक भ्रमण पूरा गरी आज स्वदेश फर्किएका छन् ।

संयुक्त राष्ट्रसंघीय मानव अधिकार परिषदको उच्चस्तरीय बैठकमा भाग लिन स्वीटजरल्याण्ड गएका परराष्ट्रमन्त्री ज्ञवाली आज बिहान साढे १० बजे काठमाडौं आइपुगेका उनको सचिवालयले जनाएको छ ।

उनले मानवअधिकार प्रवर्द्धन र संरक्षणप्रति नेपालले हासिल गरेका उपलब्धिबारे बैठकमा जानकारी गराएका थिए ।

उनले राष्ट्रसंघीय मानवअधिकार उच्चायुक्त मिचेल बेचलेटसँग पनि भेटवार्ता गरे । भेटमा परराष्ट्रमन्त्री ज्ञवालीले नेपालले जलवायु परिवर्तन, हिमाल र मानवताको भविष्यका विषयमा काठमाडौंमा सगरमाथा संवाद आयोजना गर्न लागेको जानकारी गराएका थिए ।

जेनेभामा फागुन १२ गतेदेखि भएको बैठकमा भाग लिन मन्त्री ज्ञवाली फागुन १० गते त्यसतर्फ प्रस्थान गरेका थिए ।