सुर्खेतमा जीप दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ ।
शुक्रबार बिहान भएको जीप दुर्घटनामा गम्भीर घाइते भएका सिम्ता गाउँपालिका–९ निवासी २४ वर्षीया भुपाल खत्रीको उपचारको क्रममा मेहलकुना अस्पतालमा मृत्यु भएको हो ।
गुर्भाकोट नगरपालिका-९ झुल्केस्थित नेपालगञ्जबाट जामुने बजार सुर्खेततर्फ जाँदै गरेको लु१ज ४०७९ नम्बरको बोलेरो जीप अनियन्त्रित भई सडकको बायाँ भित्तामा ठोकिएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।
दुर्घटनामा चालक सिम्ताका २६ वर्षीय जीवन पुन च्यापिएको अवस्थामा रहेकाले उद्धार गरी उपचारको लागि पठाइएको छ हाल उनी बोल्न सक्ने अवस्थामा रहेका छन् ।
दुर्घटनामा घाइते जयबहादुर अधिकारी, सूर्यबहादुर रोकाय, ईश्वर गिरी र बिरुनाथ योगीको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।