logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

प्रचण्डले भने, ‘सचिवालयको निर्णय प्रधानमन्त्रीले मान्नु हुन्छ’


अंकुरण खबर
689
Shares

नेकपाका बामदेव गौतमलाई राष्ट्रियसभामा मनोनित गर्ने निणर्यमा प्रधानमन्त्री ओलीले सर्वसम्मत मान्नेमा आफु विश्वस्त रहेको नेकपामा अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले बताएका छन् ।

प्रचण्डले भने “आफु दुई अध्यक्ष मिलेर बसेको बैंठकलाई उहाँले अवज्ञा गर्न नहुने प्रचण्डको विश्वास छ” । साथै उनले फेरि भने “उहाँले नमानेमा के भन्नेतिर म अहिले जान चाहन्नँ” ।

तर प्रधानमन्त्रीले त अर्थमन्त्री डा. युवराज खतिवडालाई दोहोर्याउन चाहनु भएको छ नि भन्ने प्रश्नमा प्रचण्डले भने, ‘अर्थमन्त्री हुनका लागि राष्ट्रियसभामा जानैपर्छ भन्ने पनि छैन । हाम्रो अहिलेको संवैधानिक व्यवस्थाअनुसार ६ महिनाका लागि राष्ट्रियसभामा नगएपनि मन्त्री बनाउने अधिकार प्रधानमन्त्रीलाई छ ।’