logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

दुधे बालक बोकेकी महिलामाथि प्रहरीको लाठी, हेर्नुहोस् (भिडियो सहित)


अंकुरण खबर
2.418K
Shares

सामाजिक सञ्जालमा अहिले एउटा बालक बोकेकी महिलामाथि प्रहरीले लाठी हानेको भिडियो भाइरल बनेको छ।

भिडियो सेयर गर्दै धेरैले प्रहरीमाथि आक्रोश व्यक्त गरेका छन्। ललितपुरको भैंसेपाटीमा उक्त घटना भएको हो । बिहीबार दिउँसो केही महिला ललितपुरको भैँसेपाटीस्थित नेपाली सेनाका पूर्व जर्नेलको घर अगाडि जम्मा भएको बताइएको छ।

भिडियोमा बालक बोकेको देखिने महिला आफूलाई अभियन्ता बताउने हिमा श्रेष्ठ हुन्। प्रहरीले घर बाहिर जम्मा भएका महिलाहरूलाई हटाउन लाठी प्रहार गरेको देख्न सकिन्छ।

नेपाली सेनाका पूर्व जर्नेल हेम खत्री आफ्नो श्रीमान रहेको तर आफूलाई छाडेको भन्दै एक महिलाले उक्त घर अगाडि धर्ना दिदै आएकी छन्। उनी महिलाहरूको समुह सँगै गएकी थिइन्।

पूर्व जर्नेल खत्रीले प्रहरीलाई खबर गरेपछि प्रहरीले भिड हटाउन लाठी चार्ज गरेको हो। त्यसक्रममा बालक बोकेकी महिलालाई प्रहरीले लाठी हानिरहेको भिडियोमा देख्न सकिन्छ।

प्रहरीले महिलाहरूको समुहले घरमा तोडफोड गर्न थालेपछी भीड नियन्त्रणमा लिन बल प्रयोग गरेको जनाएको छ।

हेर्नुहोस् भिडियो:

https://youtu.be/IcZbyl9Wpx0