logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

आफूमाथि झुठा आरोप लगाएको भन्दै गोकुल बाँस्कोटा पुगे अदालत


अंकुरण खबर
1.963K
Shares

कमिसन प्रकरणमा नैतिकताको प्रश्न उठेपछि सञ्चार मन्त्रीबाट राजीनामा दिएका गोकुल बाँस्कोटा अदालत पुगेका छन्।

बाँस्कोटाले कमिसन डिल गरेको दाबी गर्दै अडियो सार्वजनिक गर्ने विजय प्रकाश मिश्रविरुद्ध मुद्दा दायर गरेका हुन् । बाँस्कोटाले आफुमाथि भ्रष्टाचारको झुठा आरोप लगाइएको भन्दै शुक्रबार काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेका हुन्।

बाँस्कोटाले सेक्युरिटी प्रेस खरिद प्रकरणमा ७० करोड कमिसन मागेको भनिएको अडियो टेप बाहिरिएपछि पदबाट राजीनामा दिएका थिए।

प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार नेकपाको बागमती प्रदेशसभाको प्रशिक्षण कार्यक्रममा ‘बाँस्कोटाले कमिसन मागेको कुनै प्रमाण नभएको’ भन्दै बचाउ गरेको भोलिपल्ट नै बाँस्कोटा अदालत पुगेका हुन्।