काठमाडौंको राष्ट्रियसभा गृह पछाडि भ्यु टावर निर्माणस्थल निजकैको एक रेस्टुरेण्टमा आगोलागी भएको छ ।
शुक्रबार दिउसो ३ बजेतिर आगोलागी भएको हो । घटनास्थलमा अहिले उद्धारका लागि दमकल सहित प्रहरी पुगेको छ ।
आगोलागी कसरी भयो र आगोलागीबाट के कति क्षति भयो भन्नेबारे यकिन भइसकेको छैन । घटनाको पूर्ण विवरण आउँन बाँकी रहेको जनाइएको छ ।