logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

अमेरिकी राजदूतावासको कर्मचारी भन्दै ठगी गर्ने पक्राउ


अंकुरण खबर
754
Shares

नेपालस्थित अमेरिकी दूतावासको कर्मचारी भएको दाबी गरेर ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोक घर भइ हाल काठमाडौंको कागेश्वरी मनोहरा–७ का ४१ वर्षीय विकास भनिने केदार खड्का छन् ।

महानगरीय अपराध अनुसन्धान महाशाखाका प्रमुख सहकुलबहादुर थापाका अनुसार बिहीबार दिउँसो खड्का पक्राउ परेका हुन् । थापाका अनुसार खड्काले दूतावासको ‘एक्जुकेटिभ म्यानेजर’ भएको बताएर लाखौं रुपैयाँ ठगी गरेका थिए ।

उनी संलग्न ठगीका श्रृंखलाबारे विस्तृत अनुसन्धान भइरहेको थापाको भनाइ छ ।