logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कोरोनाको प्रभाव,विश्वबजारको सेयरमा धेरै असर


अंकुरण खबर
1.326K
Shares

कोरोना भाइरसको प्रभाव विश्वभरी नै परेको छ । अहिले चीन लगाएत विश्वभरीनै आर्थिक क्षेत्रमा यसको असर देखिएको हो ।

संसारभरका सेयर बजारमा सन् २००८ को विश्वव्यापी आर्थिक संकट यताकै सबैभन्दा खराब असर देखिएको बीबीसीले उल्लेख गरेको छ । कोरोनाको प्रकोप फैलिएपछि लगानीकर्तामा देखिएको डरका कारण संसारभरको सेयर बजार ओरालो लागेको हो ।

लन्डनको फुट्सी १०० इन्डेक्समा तीन प्रतिशतभन्दा बढीको गिरावट आएको छ । एसियाली सेयर बजार अझै बढी प्रभावित बनेको छ भने अमेरिकाको डाउ जोन्सले सबैभन्दा ठूलो गिरावट मानेको छ ।

इटलीमा समेत प्रकोप देखिएको समाचारहरूले असर बढ्न सक्ने अनुमान गरिएको छ । पहिले चीनमा मात्र परेको प्रभाव अहिले विशेषगरी दक्षिण कोरिया, इटली र जापानमा कोरोना भाइरस फैलिएपछि चिन्ता बढेको छ ।

‘बजार आवश्यकताभन्दा बढी आशावादी भएको थियो, अहिले आवश्यकताभन्दा बढी निराशावादी भएको छ’, आईएनजीका ग्रेटर चाइना अर्थ्विद् आइरिस पाङलाई उधृत गर्दै बीबीसीले उल्लेख गरेको छ ।

शुक्रबार बिहान बजार खुल्दा सबै युरोपेली सेयर बजार घटेका थिए । जर्मनीको ३.६ प्रतिशत र फ्रान्सको सेयर बजार ३.१ प्रतिशतले घटेर खुलेका थिए ।