सर्लाहीको लालबन्दी नरगपालिका–१ मा रहेको नवलपुर सर्पदंश उपचार केन्द्रको भेन्टिलेटर तथा आइसियु सेवा प्रयोगविहीन भएको छ ।
दक्ष चिकित्सकको अभावमा उपकरण प्रयोगमा नआएको हो । प्रदेश नम्बर २ सरकार र लालबन्दी नगरपालिकाको ३० लाख रकममा २०७६ जेठमा उपकरण जडान गरे पनि अहिले दक्ष चिकित्सकको अभावमा उपकरण प्रयोगमा नआएको हो ।
उक्त केन्द्रले सर्लाहीसहित आसपासका जिल्लाका बिरामीको उपचार गर्ने लक्ष राखिएको थियो ।