logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

 एसीसी इस्टर्न रिजन टी–ट्वान्टी : हङकङविरुद्ध पहिला फिल्डिङ गर्दै नेपाल


अंकुरण खबर
1.053K
Shares

एसीसी इस्टर्न रिजन पुरुष टी–ट्वान्टी कप क्रिकेटको दोस्रो खेलमा नेपालले आज आइतबार हङकङसँग खेल्दैछ ।

दोस्रो खेलमा नेपालले हङकङविरुद्ध पहिला फिल्डिङ गर्ने भएको छ ।

थाइल्यान्डको बैकक स्थित टेर्डथाई क्रिकेट मैदानमा भर्खर नेपालका कप्तान ज्ञानेन्द्र मल्लले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन् ।

पहिलो खेलमा मलेसियासँग २२ रनले पराजित भएको नेपाललाई अघिल्लो चरणको सम्भावना बलियो बनाउन आजको खेल जित्नै पर्ने हुन्छ ।

नेपालले आजको खेलमा कुनै पनि खेलाडी परिवर्तन गरेको छैन । मलेसियासँगको टोलीलाईनै निरन्तरता दिएको छ ।